एनआइभि बाइबलले परमेश्वरसँग दैनिक रूपमा जोडिन सहज तुल्याउँछ। तपाईं जहाँ गएपछि आफूसँग पवित्र बाइबल लिएर जाने यो एकदम राम्रो हल्का र अफलाइन एप हो।
YouVersion द्वारा प्रदान गरिएको एनआइभि बाइबल सानो तर छिटो चल्ने बाइबल एप हो, जुन तपाईं इन्टरनेटमा जोडिनुभएको छैन भने वा डाटा प्रयोगलाई घटाउन चाहनुहुन्छ भने अफलाइन प्रयोग गर्नको लागि एकदम राम्रो हुन्छ। यो पूर्ण रूफमा निःशुल्क छ, यसमा कुनै विज्ञापन वा इन-एप खरिद छैन, त्यसकारण तपाईंले कुनै वाधाविना एनआइभि बाइबल अध्ययन गर्न सक्नुहुन्छ। यसमा चर्चित र पढ्न सहज रहेको एनआइभि बाइबल संस्करण संलग्न छ। तपाईंले समावेश गरिएको निःशुल्क अडियो बाइबल प्रयोग गरेर पवित्र बाइबलका वचनहरू सुन्न पनि सक्नुहुन्छ।
विशेषताहरू:
- हल्का बाइबल - तपाईं जहाँ गएपनि आफ्नो साथमा पवित्र बाइबल लैजानको लागि एउटा सानो र छिटो बाइबल।
- विज्ञापन रहित - एनआइभि बाइबल निःशुल्क छ र त्यसमा कुनै दिक्क लाग्दो विज्ञापन आउँदैन।
- एनआइभि बाइबल - एउटा अफलाइन बाइबल जसमा तपाईंलाई इन्टरनेट कनेक्सन नभएको बेला पनि प्रसिद्ध एनआइभि बाइबलको कुनै पनि अध्याय वा पदको पहुँच मिल्छ।
- अडियो बाइबल - समावेश गरिएको अडियो फिचरद्वारा एनआइभि बाइबलको कुनै पनि अध्यायको वचन सुन्नुहोस्। अडियो बजाउनको लागि इन्टरनेट कनेक्सन चाहिन्छ र अफलाइन प्रयोग गर्न मिल्दैन।
- हाइलाइट र सेभ गर्नुहोस् - तपाईंलाई मन पर्ने पद हाइलाइट गरेर सेभ गर्नुहोस्।
- आजको पद - आजको पद फिचरद्वारा दैनिक रूपमा पवित्र बाइबलसँग जोडिनुहोस्।
- दैनिक भिडियो डिभोसन - तपाईंलाई पवित्र बाइबल अझै राम्ररी अध्ययन गर्न सहयोग गर्नको लागि आजको पदसँग जोडिएको दैनिक भिडियो। भिडियो बजाउनको लागि इन्टरनेट कनेक्सन चाहिन्छ र अफलाइन प्रयोग गर्न मिल्दैन।
- दैनिक प्रार्थना - दैनिक प्रार्थना फिचरको प्रयोग गरी परमेश्वरसँग समय बिताउनुहोस्।
- कुनै पनि बाइबल पद खोज्नुहोस् - कुनै पनि भावना वा विषयसँग सम्बन्धित कुनै पनि बाइबल पद भेट्टाउनुहोस्, जस्तै चिन्ता, डर, आशा, क्षमादान र अरू।
- पदहरू सेयर गर्नुहोस् - WhatsApp, मेसेज, Facebook, Instagram, र Twitter द्वारा आफ्ना साथीहरू र परिवारलाई प्रोत्साहन दिन सुनदर पद इमेज निर्माण गरी बाइबल पदहरू सेयर गर्नुहोस्।
YouVersion ले प्रदान गर्ने एनआइभि बाइबल, सानो, छिटो र अफलाइन बाइबल एप जसले तपाईंको हातैमा परमेश्वरको वचन उपलब्ध गराउँछ। अरू विभिन्न पवित्र बाइबल एपका विभिन्न विज्ञापन र इन-एप खरिदहरूको वाधामा नपर्नुहोस्। यसले तपाईंलाई दैनिक पद र दैनिक प्रार्थना प्रदान गर्छ। तपाईं जहाँ गए पनि आफूसँग परमेश्वरको वचन लिएर जानको लागि एनआइभि बाइबल एकदम राम्रो हल्का बाइबल हो। जहाँ गए पनि पवित्र बाइबल अफलाइन अध्ययन गर्नुहोस्।
मा अपडेट गरिएको
२०२५ मे १९