लुडो एक मल्टिप्लेयर बोर्ड खेल हो। यो लुडो खेल परिवार र साथीहरूसँग खेल्नको लागि सबैभन्दा लोकप्रिय र रमाईलो खेल हो। यो खेल २ देखि ४ जना मिलेर खेल्न सकिन्छ। लुडो एक मन ताजा गर्ने साथै रमाईलोको लागि खेलिने खेल हो। यस खेलमा भाग्य र रणनीति दुबैको उत्तिकै महत्व छ। यो चाखलाग्दो 2D बोर्ड खेल धेरै पहिलेबाट नै खेलिदै आएको खेल हो।
खेल कसरी काम गर्दछ:
खेलमा प्रत्येक खेलाडीको बक्समा चार टोकनको साथ सुरू हुन्छ। खेलमा प्रत्येक खेलाडीले पालै-पाले पासालाई घुमाउँदछ र पासामा परेको अंक अनुसार खेल अघि बढ्छ। जब खेलाडीलाई पासामा ६ अंक पर्छ तब उसको टोकन सुरूवात बिन्दुमा राखिन्छ। खेलको मुख्य लक्ष्य, अन्य विपक्षीहरूको भन्दा अगाडि आफ्नो घर भित्र सबै टोकनहरूलाई पु्र्याउनु हो।
लुडोको आधारभूत नियम:
- पासा घुमाउँदा ६ अंक पर्यो भने, खेलडीको एउटा टोकन बाहिर आउछ।
- रोल गरिएको पासाको अंक अनुसार टोकन चाल्छ।
- प्रत्येक खेलाडीले पासा घुमाउँन एकपटक मात्र मौका पाउछ र यदि खेलाडीले ६ पर्यो भने, फेरि पासा घुमाउँने अर्को मौका पाउछ।
- खेलमा विजयी हुन बोर्डको केन्द्रमा(घरमा) सबै टोकनहरू पुग्नै पर्छ।
- यदि आफ्नो टोकन अर्काको टोकन भएको ठाउँमा पुग्यो भने, अर्काको टोकन हट्छ र आफ्नो बक्समा जान्छ।
- अर्काको टोकनलाई हटाउदा तपाईंलाई पासा फेरि रोल गर्ने थप मौका दिइन्छ।
खेल सुविधाहरू:
एकल प्लेयर - कम्प्युटरको विरुद्ध खेल्नुहोस्।
मल्टिप्लेयर - साथीहरू र परिवारसँगै अफलाइन खेल्नुहोस्।
२ देखि ४ खेलाडीहरू खेल्नुहोस्।
तपाइँ आफ्नो अघिल्व खेल कुनै पनि समय जारी राख्न सक्नुहुन्छ।
प्रत्येक खेलाडीका लागि रंगीन पासा छ।
उत्कृस्ट पासा रोल एनिमेसन।
प्रत्येक खेलाडीको प्रतिशतमा प्रगति हेर्नुहोस्।
पासा फाल्नुहोस् वा तुरून्त रोल गर्नुहोस्।
फोन हल्लाएर पासा फाल्नुहोस्।
खेलको गति आफ्नै अनुकूल गर्नुहोस्।
८ फरक-फरक भाषा छनोट गर्नुहोस्।
अंग्रेजी, हिन्दी, नेपाली, स्पेनिश, पोर्तुगाली, फ्रेन्च, अरबी र इन्डोनेसियाली भाषा चयन गर्नसक्नुहुन्छ।
लुडो खेलको सर्वश्रेष्ठ अफलाईन संस्करण खेल्नुहोस् र जहाँसुकैँ पनि तपाइँका साथीहरू र परिवारसँग खेल्नुहोस्। यस खेलको मल्टिप्लेयर संस्करण चाँडै आउँदैछ, त्यसैले सम्पर्कमा रहनुहोस्।
कृपया हामीलाई तपाईंको प्रतिक्रिया पठाउनुहोस्, र हामी तपाईंको आवश्यकता अनुसार खेल सुधार गर्न कोशिस गर्नेछौं।
लुडो खेल्नु भएकोमा धन्यवाद र हाम्रा अन्य खेलहरू पनि हेर्नुहोस्।
मा अपडेट गरिएको
२०२५ अप्रिल २६
प्रतिस्पर्धात्मक मल्टिप्लेयर